सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

कांग्रेस बर्दिया सभापतिमा राठौर निर्वाचित

प्रकाशित समय: मगलवार, ०३ : ११ बजे मंसिर १४ गते



कांग्रेस बर्दिया सभापतिमा राठौर निर्वाचित

बर्दिया, १४ मंसिर । नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरुणप्रकाश सिंह राठौर निर्वाचित भएका छन् ।प्रतिद्वन्द्वी भुवनेश्वर चौधरीलाई २०२ मतान्तरले पराजित गर्दै सस्थापन पक्षका राठौर सभापतिमा निर्वाचित भएका हुन् ।

राठौरले ८८० मत र चौधरीले ६७८ मत पाए । बर्दियामा एक हजार ५७८ मत खसेको थियो । सभापतिसहित सबैमा राठौरकै प्यानल निर्वाचित भएको छ । उपसभापतिमा सोदे विष्ट र गोविन्द प्रसाद थारू, सचिव मिनराज चौधरी र जग्गाप्रसाद पाण्डे तथा सहसचिवमा तिलकराम लम्साल र मेकबहादुर गुरुङ निर्वाचित भएका छन् । राठौर संस्थापन समूहका हुन् । संस्थापनइतरका चौधरी लुम्बिनी प्रदेशका सांसद हुन् ।