काठमाडौं, १९ मंसिर।भारतमा कोरोनाको ओमिक्रोन फेला परेसँगै निगरानी बढाइएको छ । पहिलोपटक भारतको कर्नाटक राज्यमा दुई जनामा देखा परेको कोरोनाको ओमिक्रोन स्वरुप थप २ जनामा पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विदेशबाट आएका नागरिकहरूमा कोरोनाको नयाँ स्वरुप ओमिक्रोन हुन सक्ने जोखिमकाबीच भारत सरकारले अन्तर्राष्ट्रिय हवाई क्षेत्र, विभिन्न नाका र चेकपोष्टहरूमा कडाई गरेको छ । यसैबीच, भारतको राजधानी दिल्लीमा ओमिक्रोनको आशङ्कामा १५ जना व्यक्तिलाई आइसोलेसनमा राखिएको छ । ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र बाँकी ६ जनामा खोकी लाग्ने समस्या देखिएको भारतीय अधिकारीहरूले बताएका छन् । कोरोना पुष्टि भएका ९ जनामा ओमिक्रोन हो वा होइन भन्ने विषयमा अझै पुष्टि हुन बाँकी रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । हालसम्म भारतको गुजरात, महाराष्ट्र र कर्नाटकमा कोरोनाको ओमिक्रोन फेला परिसकेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ