सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप २०५ जनामा कोरोना संक्रमण पुष्टि, ४३६ संक्रमित निको

प्रकाशित समय: आइतवार, ०५ : ५७ बजे मंसिर १९ गते



थप २०५ जनामा कोरोना संक्रमण पुष्टि,  ४३६ संक्रमित निको

काठमाडौँ, १९ मङ्सिर ।नेपालमा आइतबार थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ७ हजार ९ सय ९५ पिसिआर परिक्षणका क्रममा २ सय र २ हजार ७ सय ९५ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १८ हजार १ सय ८४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ४१ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै थप ४ सय ३६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ४ हजार ५ सय ४४ जना निको भएका छन् । हाल नेपालमा ६ हजार ५ सय ७ जना सक्रिय संक्रमित आइशोलेशन र ९७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।