महोत्तरी, २७ मंसिर।नेकपा माओवादी केन्द्र महोत्तरीको पालिका र वडा अधिवेशन अझै सम्पन्न हुन सकेको छैन । कतै आकांक्षीहरूबीच विवाद त कतै टोलभेला तथा सेल कमिटी नै नबनेको कारण अधिवेशन समपन्न हुन नसकेको माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।
जिल्लाका १५ पालिकामध्ये सम्सी गाउँपालिका, सोनामा गाउँपालिका अधिवेशन नै भएको छैन भने बर्दिबास नगरपालिकामा अन्य पदाधिकारी चयन भए पनि संयोजक चयन हुन अझै बाँकी छ ।बाँकी पालिकाका वडाहरूमा टोल भेला तथा सेल कमिटी नबनेको कारण अधिवेशन हुन नसकेको नेताहरूले दावी गरे पनि विवाद सतहमा नै देखिएको छ ।बर्दिबास नगरपालिकामा दुई नेताहरूको आफ्ना उम्मेदवार बनाउनु पर्ने अडान कै कारण संयोजक टुंगिन नसकेको हो ।
माओबादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडका र पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा पाटीका स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलको कारण संयोजक टुंगिन नसकेको नेताहरू बताउँछन् ।सम्सीमा पनि उस्तै विवाद छ । विवाद सावधान गर्नका लागी स्थानियस्तरमा प्रभावशाली नेता रजी हैदरले सहजीकरण गर्ने प्रयास गरे पनि निष्कर्षमा पुग्न सकेकाे छैन ।
`लोकतान्त्रिक प्रक्रियामा प्रतिस्पर्धा हुने भएत पनि हाम्रो पाटीले सबैजसो पालिकामा निर्विरोध पदाधिकारी चयन गरेको छ र बाँकी ठाउँमा पनि सर्वसम्मतवाट अधिवेशन सम्पन्न हुन्छ´, इन्चार्ज राजु खडकाले भने ।गाउँपालिकामा ५५ पदाधिकारी र नगरपालिकामा ६७ पदाधिकारी चयन गर्न पाउने माओjfदी केन्द्रको प्रावधान छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ