काठमाडौं । नेपाली कांग्रेसको जारी १४ महाधिवेशनमा कर्णाली प्रदेशतर्फको खुला केन्द्रीय सदस्यको मतगणना अनुसार हृदयराम थानी १ मतले पराजित भएका छन् ।
मंगलबार राति सकिएको मतगणना अनुसार कर्णालीको दुई खुला केन्द्रीय सदस्यमा राजीवविक्रम शाह र कर्णबहादुर बुढा विजयी हुँदा थानी पराजित भए ।
शाहले २८२० र बुढाले २२०० मत प्राप्त गरेका छन् । विजयी दुबै सभापति शेरबहादुर देउवा पक्षका हुन् । थानीले भने २१९९ मत पाए ।
सुर्खेत क्षेत्र नम्बर २ का नेता थानी पूर्व मन्त्रीसमेत हुन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका थानी एक भोटले मात्र पराजित भएपछि रामचन्द्र पौडेलले निर्वाचन बहिस्कार गर्दा पराजित भएको भन्दै उनी पक्षीय नेता कार्यकर्ताले सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका छन् ।
महाधिवेशनमा वरिष्ठ नेता पौडेलले मत हालेनन् । उनले मत हालेको भए थानीको जित हुने भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहेको हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ