सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

कांग्रेस प्रदेश २ अधिवेशन : मतदान जारी

प्रकाशित समय: बिहिवार, ०५ : १३ बजे पुष ८ गते



कांग्रेस प्रदेश २ अधिवेशन : मतदान जारी

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ काे प्रथम अधिवेशनअन्तर्गत जनकपुरधाममा मतदान भइरहेकाे छ । ६७ पदका लागि बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान ९ः३० बजेदेखि सुरु भएको हाे ।

 

प्रदेश २ का करिब दुई हजार मतदाता निर्वाचनमा सहभागी छन् । मतदान अपरान्ह ३ बजेसम्म चल्ने निर्वाचन समितिले जानकारी दिएको छ । ७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएकोमा पाँच जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने अहिले ६७ पदका लागि मतदान भइरहेकाे हाे ।