सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

न्युयोर्कका कोभिड अस्पताल बालबालिकाले भरिए

प्रकाशित समय: सोमवार, ११ : ३१ बजे पुष १२ गते



न्युयोर्कका कोभिड अस्पताल बालबालिकाले भरिए

एजेन्सी / न्युयोर्क, १२ पुस । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेसँगै अमेरिकामा त्यसको असर बालबालिकामा देखिएको छ । पछिल्लो समय न्युयोर्कका अधिकांश अस्पताल कोभिड संक्रमित बालबालिकाले भरिएको विवरणहरु सार्वजनिक भएका छन् । 

पछिल्लो समयमा कोभिडजन्य समस्याका कारण न्युयोर्क अस्पतालका बालबालिकासम्बन्धी वार्ड भरिएको न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । पछिल्लो समयमा बालबालिकामा कोभिड परीक्षण सुस्त गतिमा भएको गुनासो बढिरहेका बेला बिरामी बालबालिकाले अस्पताल भरिएका छन् ।  

न्युयोर्कका कोभिड अस्पतालमा बालबालिकाको चाप चार गुणाले बढेको छ । भर्ना भएकामध्ये आधा बालबालिका पाँच वर्ष मुनिका छन् । यो उमेर समूहका बालबालिकाले अहिलेसम्म खोप लगाउन पाएका छैनन् । 

अमेरिकामा कोभिड संक्रमितको संख्या फेरि बढेको छ । जोन हप्किन्स युनिभर्सिटीका अनुसार पछिल्लो एक सातामा औषतमा दैनिक संक्रमितको संख्या १ लाख ९० हजारसम्म पुगेको छ ।