जनकपुरधाम, १२ पुस।नेपाली कांग्रेसको प्रदेश २ मा सभापति शेरबहादुर देउवा समूह वर्चश्व रहेको छ । नौ दाधिकारीसहित ६७ जना प्रदेश कार्यसमितिको लागि भएको निर्वाचन परिणाम देउवा पक्षमा देखिएको छ । देउवा समूहकबाहेक दुई जना मात्र विमलेन्द्र निधि र शेखर कोइराला समूहबाट सदस्यमा निर्वाचित भएका छन् ।
निधि–कोइराला समूहका खुला सदस्यमा जीवना चौधरी र महिला खुलातर्फ रेखा यादव निर्वाचित भएका छन् । त्यसबाहेक सबै पदमा देउवा समुहकै निर्वाचित भएको निर्वाचन समितिका एक पदाधिकारीले बताए । यद्यपि मतगाणा सम्पन्न भए पनि अहिलेसम्म निर्वाचन समितिले विजेताहरुको नाम औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।
प्रदेश समितिका नौ जना पदाधिकारीमा सबै देउवा समूहले निर्वाचित भएका छन् । त्यसैगरी, खुला सदस्यमा १४ जनामा एक जना मात्र जीवननाथ चौधरी निधि कोइराला समूहका जितेका छन् भने बाँकी सबै सदस्य देउवा समुहकै रहेको बताइएको छ ।
त्यसैगरी, महिला खुलातर्फ निधि–कोइराला समुहकी रेखा यादव निर्वाचित भएकी छिन् । विभिन्न कलस्टरहरूमा पनि देउवा समूहबाट उम्मेदवारी दिएकाहरू निर्वाचित भएका छन् । यसरी ६७ जना कार्यसमितिमा ६५ जना देउवा समूहकै रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ