सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

सिरहामा भोलिसम्मका लागि निषेधाज्ञा जारी

प्रकाशित समय: मगलवार, ०९ : ४० बजे पुष १३ गते



सिरहामा भोलिसम्मका लागि निषेधाज्ञा जारी

सिरहा, १३ पुस।सिके राउत नेतृत्वको जनमत पार्टीले चरणवद्ध आन्दोलन थालेपछि सिरहा प्रशासनले दुई दिनको लागि राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

 

जनमत पार्टीले चक्काजाम सहितका आन्दोलन थालेपछि प्रशासनले आज बिहान ७ बजेदेखि बुधबार साँझ ५ बजेसम्मका लागि पूर्वपश्चिम राजमार्ग र सिरहा-चोहर्वा सडकखण्डको पाँच सय मिटर दायाँबाया लागूहुने गरी निषेधाज्ञा जारी गरेको हो ।प्रशासनका अनुसार निषेधित क्षेत्रमा समूहमा हिँडडुल गर्न पाइने छैन भने पाँच जनाभन्दा बढी भेला हुन पनि पाइने छैन । कुनै किसिमका भेला, सभा तथा जुलुस गर्न नपाउने आदेशमा उल्लेख छ ।

 

प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीका अनुसार यातायात भने सूचारु रहनेछ । आदेश उल्लंघन गरेमा नियन्त्रणमा लिएर कानुन बमोजिम कारवाही हुने प्रशासनले चेतावनी दिएको छ ।पूर्वमा बलान खोला र पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पिकेराज इन्टरप्राईजेज (पेट्रोल पम्पसम्म) ५ सय मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ ।

 

जनमत पार्टीले पक्राउ परेका किसानहरुको विनासर्त रिहाईको माग गर्दै आन्दोलन गर्दै आएको छ ।