धनगढी । कैलालीमा द्वन्द पिडित महिलालाई रोजगार समाग्री हस्तान्तरण गरिएको छ ।
अलर्ट, टिपिओ नेपाल तथा महिला कानून र विकास मञ्च कैलालीले करिव ५ लाख बराबरको रोजगार सामाग्री कैलारी गाउँपालिकाका १० जना द्वन्द्ध पिडित महिलालाई वितरण गरेको हो । द्वन्द्ध पिडित भइ राज्यबाट कुनै सहयोग नपाएका तथा समस्यामा परेका महिलालाई लक्षित गरी सामाग्री हस्तान्तरण गरिएको महिला कानून र विकास मञ्चका निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताए ।
उनका अनुसार पाँच जना महिलालाई बंगुर, एक जनालाई किराना, एक जना लाई होटेल सम्बन्धी, एक जनालाई कस्मेटिक सामाग्री, एक जना महिलालाई सिलाई मेसिन र एक जना महिलालाई माछाका भुरा वितरण गरिएको छ । सहयोग पाउने महिलालाई यस अघि शिप विकास सम्बन्धी तालिम दिइएको र उनिहरुको माग अनुसार व्यवसाय सञ्चालन गर्न तथा सञ्चालित व्यवसायलाई पबद्र्धन गर्न सामाग्री हस्तान्तरण गरिएको श्रेष्ठले बताए । संस्थाले परिवार केन्द्रित अवधारण अनुरुप द्वन्द्ध पिडितलाई आर्थिक शसक्तिकरणका लागि सहयोग गर्ने गरेको उनले बताए ।
सहयोग सामाग्री पाउने महिलाले अव आत्मनिर्भर हुन सहज हुने बताएका छन् । ‘राज्यकै कारण पिडित भएका हामिलाई राजयले कहिलै हेरेन,’ शिलादेवी चौधरीले भनिन्, ‘केही काम गर्ने इच्छा हुँदाहुँदै पनि आर्थिक समस्याका कारण असहज भइरहेको थियो, अव स्वरोज्गार बन्ने इच्छा पुरा हुने छ ।’
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ