काठमाडौं, १८ पुस।विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेदर फेरि उकालो लागेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार पछिल्लो एक सातदेखि विश्वभर कोरोना भाइरसका कारण दैनिक १० लाखभन्दा बढी मानिसहरू सङ्क्रमित हुन थालेका छन् ।
गत २४ घन्टामा मात्रै विश्वभर ११ लाख ८५ हजार ३ सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या २८ करोड ९६ लाख ६२ हजार ३ सय १८ पुगेको छ । अमेरिका, बेलायत, फ्रान्स, इटली लगायतका मुलुकमा कोरोनाको तेस्रो चरणको लहर चलिरहँदा सबैभन्दा बढी सङ्क्रमण दर देखिएको छ । अमेरिकामा गत २४ घन्टामा ५ लाख ७२ हजार २९ जना नयाँ सङ्क्रमित थपिएका छन् भने बेलायतमा १ लाख ८९ हजार २ सय १० जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै फ्रान्समा २ लाख ६ हजार २ सय ४३, स्पेनमा १ लाख ६१ हजार ६ सय ८८, इटलीमा १ लाख २६ हजार ९ सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । वल्डोमिटरका अनुसार विश्वभर सङ्क्रमणदर बढेपनि मृत्यु हुनेदरमा भने कमी आएको छ । गत २४ घन्टामा विश्वभर ३ हजार ८ सय ७२ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५४ लाख ५६ हजार ८ सय ७३ पुगेको छ ।
यस्तै गत २४ घन्टामा विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ४ लाख २५ हजार ६ सय ३५ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या २५ करोड ४१ लाख १५ हजार ४ सय ४१ पुगेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ