एजेन्सी / खार्तुम । व्यापक प्रदर्शनपछि सुडानका प्रधानमन्त्री अबदुल्ला हमदोकले पदबाट राजीनामा दिएका छन् । केही साताअघि सेनासँगकाे एउटा विवादास्पद सम्झौतापछि पुनः प्रधानमन्त्री भएका हमदुकले राजीनामा दिएका हुन् ।
अक्टोबरमा सेनाले शक्ति हातमा लिएर हमदुकलाई घरमै नजरबन्दमा राखेको थियो । तर, कु गर्ने सेनासँग शक्ति बाँडफाँडमा सम्झौता गरेपछि उनी पुनः प्रधानमन्त्री भएका थिए । प्रदर्शनकारीले सम्झौताको विरोध गर्दै नागरिक शासन माग गर्दै आएका थिए । दुई जनाको मृत्यु हुने गरी भएको प्रदर्शनको भोलीपल्ट पछि उनले राजीनामा दिएका हुन् ।
एउटा टेलिभिजन सम्बोधनमा हमदोकले सुडान खतरनाक मोडमा पुगेको र यसले देशको अस्थित्व जोखिममा पारेको बताए । आफूले देशलाई विपदबाट जोगाउन धेरै प्रयास गरेको उनले दाबी गरेका छन् ।
सन् २०१९मा व्यापक विरोधपछि लामो समय सुडानको नेतृत्व गरेका ओमार अल–बशिरको सरकार अपदस्थ भएसँगै राजनीतिक दल र सेनाले एउटा असहज शक्ति साझेदारी सम्बन्धी सम्झौता गरेका थिए । सेनासँगको साझेधारीको सर्वसाधारणले विरोध गर्दै आएका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ