सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम छैनः डब्लूएचओ

प्रकाशित समय: बुधवार, ०२ : ३३ बजे पुष २१ गते



फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम छैनः डब्लूएचओ

एजेन्सी।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले फ्रान्समा देखिएको कोभिडको भेरियन्टको जोखिम नभएको जनाएको छ । सो भेरियन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बताएका छन् । 

 

‘फ्रान्समा भेटिएको नयाँ भेरियन्ट हाम्रो राडरमा छ । यसको अन्यको तुलनामा बढी जोखिम छैन,’ डब्लूएचओका अब्दिल महमुदले भने । फ्रान्समा फेला परेको भनिएको भाइरसलाई आइएचयु नाम दिइएको छ ।