सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

कोरोना सङ्क्रमित हुनेको दर बढ्दै

प्रकाशित समय: बिहिवार, १० : ०४ बजे पुष २२ गते



कोरोना सङ्क्रमित हुनेको दर बढ्दै

काठमाडौं, २२ पुस।गत साताको तुलनामा यो साता कोरोना सङ्क्रमित हुने दर बढेको छ । यो साता ४९ हजार ५ सय ९५  पिसीआर परीक्षण गर्दा १ हजार ८ सय ६९ जनामा सङ्क्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले जनाएको छ ।

 

यो कुल परीक्षणको ३ दशमलब ८ प्रतिशत हो । गत साताको तुलनामा यो साता ० दशमलव ९ प्रतिशतले सङ्क्रमणको दर बढेकोकाले सबैलाई सचेत रहन र जनस्वास्थ्यको मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ । सङ्क्रमण बढ्दै गएकाले स्थानीय, जिल्ला, प्रदेश र सम्बन्धीत अधिकारीहरुलाई तयारी अवस्थामा रहन पनि मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्रले अपील गर्नुभएको छ ।