एजेन्सी।जनवरीमा अमेरिकामा तय भएको ६४औं संस्करणको ‘ग्रामी अवार्ड शो’ कोरोना भाइरसको तेस्राे भेरियन्ट ओमिक्राेनका कारण कारण सरेको छ । आयोजक रेकर्डिङ एकेडेमी एण्ड सीबीएसले एक विज्ञप्ती जारी गर्दै ओमिक्रोन भाइरसको संक्रमणले धेरै जोखिमको अर्थ राख्ने भएकाले हालका लागि स्थगित गरिएको जनाएको छ ।
संगीतको ठूलो उत्सवको रुपमा लिइने यो अवार्ड ३१ जनवरीमा लसएञ्जल्समा हुँदै थियो । आयोजकले यसको अवार्ड कार्यक्रमको नयाँ मिति चाँडै सार्वजनिक गरिने जनाएकाे छ । ‘स्वास्थ्य र संगीत समुदायको सुरक्षा, प्रत्यक्ष दर्शक तथा सयौं कामदार हाम्रा प्रमुख प्राथमिकता हुन्,’ आयोजकले भनेकाे छ ।
यस वर्षको अवार्डको मनोनयनमा जाज किबोर्डिष्ट जोन बटिस्टे सर्वाधिक ११ विधाको मनोनयनमा परेका छन् । केही समय अघि ‘सनडान्स फिल्म फेस्टिभल’ पनि ओमिक्रोन भाइरसको बढ्दो संक्रमणका कारण रद्ध गरिएको थियो । आयोजकले अब फेस्टिभलका लागि अनलाइनबाट नै फिल्मको प्रिमियर तथा कार्यक्रम गर्ने जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ