काठमाडौं, २३ पुस।विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले कोरोनाको ओमिक्रोन भेरियन्टलाई कमजोर नठान्न अनुरोध गरेको छ ।
यसअघिका भेरियन्टभन्दा ओमिक्रोनले विरामीलाई गम्भीर अवस्थामा पु¥याउने दर कम भएपनि यसले सङ्क्रमण दर र मृत्यु दर बढाइरहेको भन्दै सचेत हुन डब्लूएचओले अपील गरेको हो । डब्लूएचओका अनुसार ओमिक्रोन भेरियन्ट कै कारण विश्वभर एक हप्तामा सङ्क्रमण दर ७१ प्रतिशतले बढेको छ । यसैबीच विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३० करोड नाघेको छ । गत २४ घण्टामा २४ लाख ९७ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३० करोड ६ लाख नाघेको हो । यस्तै ६ लाख ८९ हजार निको भएसँगै कोरोना जित्नेको सङ्ख्या २५ करोड ७४ लाख नाघेको छ ।
यसैगरी थप ६ हजार ८ सय सङ्क्रमितको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५४ लाख ८९ हजार नाघेको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ । गत २४ घण्टामा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा मात्रै ७ लाख ५१ हजारमा कोरोना पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना पुष्टि हुनेको सङ्ख्या ५ करोड ९५ लाख नाघेको छ । जसमध्ये ४ करोड २० लाख निको भएका छन् भने ८ लाख ५५ हजारको भने मृत्यु भएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ