एजेन्सी/ नयाँ दिल्ली । भारतमा इटालीबाट आएको एउटा विमानमा सवार यात्रुमध्ये १२५ यात्रुमा कोभिड संक्रमण देखिएको छ । इटालीको मिलानबाट भारतको अमृतसार आएको विमानका संक्रमितमध्ये १३ यात्रु क्वारेन्टिन नबसी भागेका छन् ।
नौ जना विमानस्थल र अन्य चार जना एउटा स्थानीय अस्पतालबाट भागेका हुन् । उनीहरुविरुद्ध सरकारले उजुरी हाल्ने तयारी गरेको छ । सो विमानमा १६० यात्रु थिए । उनीहरुमध्ये बालबालिका र शिशु गरी १९ जनाको भने कोभिड परीक्षण गरिएको थिएन् ।
संक्रमितलाई अस्पताल लैजान विमानस्थलमा एम्बुलेन्सहरु लाइनमा राखिएका थिए । सबै संक्रमितलाई गुरु नानक देव अस्पतालमा भर्ना गरिएको थियो । उनीहरु स्वास्थ्यकर्मीलाई छक्काएर भागेको अधिकारीहरुले जनाएका छन् । अस्पतालबाट भाग्ने संक्रमितको पासपोर्ट रद्द गर्ने प्रहरीले तयारी गरेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ