सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

भारतमा कोभिडः  एकै दिन १ लाख ७९ हजारमा संक्रमण, संसदका सयाैं कर्मचारी संक्रमित 

प्रकाशित समय: सोमवार, ०९ : ३३ बजे पुष २६ गते



भारतमा कोभिडः  एकै दिन १ लाख ७९ हजारमा संक्रमण, संसदका सयाैं कर्मचारी संक्रमित 

एजेन्सी/नयाँ दिल्ली । भारतमा कोभिड संक्रमण तीव्र गतिमा बढिरहेको छ । आइतबार एकै दिन एक लाख ७९ जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ ।

पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि संक्रमण बढेको छ । दिल्लीमा ३ सय प्रहरीमा कोभिड देखिएको छ । त्यस्तै, संसदका ४ सय कर्मचारीमा कोभिड संक्रमण देखिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । 

भारतमा दैनिक संक्रमण दर औषतमा ११ प्रतिशत छ । भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ । संक्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ । १५ देखि १८ वर्ष समूहका २ करोडभन्दा बढी युवाहरुले पूर्ण खोप लगाएका छन् ।