सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

भूगोलद्वारा विशेष कवि गोष्ठी आयोजना

प्रकाशित समय: मगलवार, ११ : ०६ बजे पुष २७ गते



भूगोलद्वारा विशेष कवि गोष्ठी आयोजना

‘भूगोल साहित्य समाज’ले ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विशेष कवि गोष्ठी आयोजना गरेको छ ।  कार्यक्रममा स्रष्टाहरूले नेपाल एकीकरणका नायक प्रति आफ्ना रचना मार्फत स्मरण र सम्मान गरे ।
वरिष्ठ साहित्यकार लव गाउँलेको प्रमुख आतिथ्य तथा सुशिल श्रेष्ठ, उद्धव खनाल र भैरव हमालको विशेष आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष विनोद नेपालले गर्नुभएको थियो । 
कार्यक्रमका वक्ताहरूले नेपालको इतिहासमा पुस २७ को विशेष महत्व रहेको तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई नेपाल र नेपालीले भुल्न नसक्ने र भुल्नै नहुने बताउनुभयो । कार्यक्रममा कवि शिरोमणी लेखनाथ पौड्याल तथा कवि भूपी शेरचनप्रति पनि हार्दिक श्रद्धान्जलि अर्पण गरिएको थियो ।
झण्डै दुई घण्टा चलेको कार्यक्रममा कविहरु लव गाउँले, पुनम घिमिरे, मुकुन्द अर्याल, नरराज आचार्य, प्रकाश घायल, ओम आचार्य, लब खड्का, निशा केसी,महेश रिजाल,गुप्तबहादुर श्रेष्ठ, रेणु अधिकारी,मन्दिरा मधुश्री,बुद्धिराज पाण्डे, राधिका गुरागाईँ, धरणीधर गुरागाईँ, विमला खड्का, एलपी पराजुली, हरिश्चन्द्र गौतम, सीता विष्ट कार्की, दिनेश विक्रम थापा,नवराज पुडासैनी ज्योत्सना, शैलेन्द्र कुमार शाह लगायतले कविता,गजल, मुक्तक, छेस्का,रम्बास  आदि रचना वाचन गर्नु भएको थियो । 
‘भूगोल साहित्य समाज’ राष्ट्रिय वाणिज्य वैंकवाट निवृत्त साहित्यमा क्रियाशील व्यक्तित्वहरुद्वारा भाषा र साहित्यको उन्नयनको उद्देश्यले गठन गरिएको साहित्यिक संस्था हो । विगत झण्डै तीन वर्षदेखि क्रियाशील यस संस्थाको कार्यालय दरबारमार्ग, काठमाडौमा अवस्थित छ । यससँगै समाजले चौधौँ रचना वाचन श्रृङ्खला पूरा गरेको छ ।