कालिकोट, २९ पुस । बैंक खाता खोल्न हिँडेकी ६० बर्षीया वृद्धाको बीच बाटो मै मृत्यु भएको छ । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटोमै मृत्यु भएको हो ।
पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जादै थिइन । सोही क्रममा वृद्धाको ज्यान गएको हो ।
१० किलोमिटर हिडेर खाता खोल्न जानु पर्ने भएपछि उनी बिहीबार बिहानै घरबाट हिडेकी थिइन् । वृद्धावस्था र शारीरिक रुपमा पनि अस्वस्थ हुँदाहुँदै उनी घरबाट निस्केको स्थानीयले बताएका छन् । उनी पलाँताको थिर्पुमा रहेको नबिल बैंकमा खाता खोल्न आउँदै थिइन ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ