काठमाडौं । विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३२ करोड नाघेको छ । गत २४ घण्टामा ३१ लाख ७२ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३२ करोड ६ लाख ७३ हजार ६ सय ७२ पुगेको वल्डोमिटरले जनाएको छ । यस्तै ११ लाख ४७ हजार निको भएका छन् ।
यो सँगै अहिलेसम्म कोरोना पुष्टि भएका मध्ये २६ करोड ३९ लाख कोरोना मुक्त भएका छन् । यस्तै थप ७ हजार सङ्क्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५५ लाख ३८ हजार पुगेको छ । अझै पनि विश्वभर ५ करोड ११ लाख सक्रिय सङ्क्रमित रहेकामा ९६ हजारको अवस्था जटिल रहेको र बाँकीको सामान्य रहेको वल्डोमिटरले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ