एजेन्सी/ केप टाउन, ६ माघ । दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनावरहरुमा पनि मानिसमा जस्तै लक्षण देखिएको थियो ।
उनीहरूलाई पनि सुख्खा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने लक्षण देखिएको थियो । संक्रमित जनाबरहरुले श्वास फेर्नसमेत कठिनाई महशुस गरेको बताइएको छ ।
जनाबरको रेखदेख गर्ने कर्मचारीबाट कोभिड सरेको हुनसक्ने प्रिटोरिया विश्वविद्यालयका वैज्ञानिकहरूले बताएका छन् । यसअघि मानिसबाट जनाबरमा कोभिड सर्ने वैज्ञानिकहरुले बताएका थिए । भाइरस जनावरमा फैलिरहे नयाँ भेरियन्ट उत्पत्ति हुन सक्ने बताउँदै आएका छन् ।
जनावरमा गरिएका परीक्षणमा कोरोनाभाइरस पुष्टि भएको र उनीहरूलाई रेखदेख गर्ने मानिसबाट भाइरस सरेको हुनसक्ने प्राप्त विवरणहरुमा जनाइएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ