अमेरिकाले युक्रेनमा रहेको आफ्नो दूतावासमा कार्यरत कर्मचारीका परिवारलाई युक्रेन छोड्न आदेश दिएको छ । रुसले सीमा क्षेत्रमा सैनिक तैनाथ गरेसँगै बढेको तनावलाई मध्यनजर गरेर अमेरिकाले आफ्नो दूतावासका कर्मचारीलाई युक्रेन छोडन आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकाको विदेश मन्त्रालयले दूतावासमा कार्यरत अत्यावश्यक बाहेकका कर्मचारीलाई स्वदेश फर्किन छुट दिएको हो । मन्त्रालयले जारी गरेको वक्तव्यमा रुसले युक्रेनमाथि ठूलो सैन्य आक्रमणको तयारी गरेको हुनाले युक्रेन छाड्न भनेको छ । तर, रुसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी नगरेको बताउँदै आएको छ ।
अमेरिकाको विदेश मन्त्रालयले आफ्ना नागरिकलाई तनाव बढ्दै गएको परिवेशमा तत्कालका लागि रुसको भ्रमण नगर्न पनि भनेको छ । यसैबीच, बेलायतले रुसलाई युक्रेनमा आफ्नो नेतालाई स्थापित गराएको भन्दै चेतावनी दिएको छ । बेलायत सरकारले औपचारिक वक्तव्य जारी गर्दै युक्रेनमा रुसले आफ्नो नेतालाई स्थापित गराउने विषय स्वीकार्य नहुने बताएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ