जोहेनस्वर्ग, १० माघ।दक्षिण अफ्रिकाबाट उडेको एउटा मालवाहक विमानको नोज ह्विलमा (विमान अवतरण हुँदा प्रयोग हुने पांग्रा) मुनि लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरेको छ । जोहेनस्वर्गबाट उडेको सो विमान एक पटक केन्याको राजधानी नाइरोबीमा रोकिएको अनुमान गरिएको छ ।
तसर्थ, पांग्रामा लुकेका व्यक्ति केन्या वा दक्षिण अफ्रिकामध्ये एक देशका नागरिक हुन सक्ने अनुमान गरिएको छ ।पक्राउपछि उनलाई अस्पताल लगिएको थियो ।विमानमा जोहेनस्वर्गबाट एम्स्टर्ड्याम पुग्न ११ घन्टा लाग्छ । त्यति लामो समय यात्रा गर्दा पनि उनी जीवितै फेला पर्नुलाई दुर्लभ घटना मानिएको छ । अत्यधिक हावा र अक्सिजनको अभावमा पांग्रामा झुन्डिएर यात्रा गर्ने मानिसको मृत्यु हुनेगर्छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ