सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

गुगल र माइकोसफ्टका सीइओ पद्म भूषणबाट सम्मानित

प्रकाशित समय: बुधवार, ०२ : ३९ बजे माघ १२ गते



गुगल र माइकोसफ्टका सीइओ पद्म भूषणबाट सम्मानित

नयाँ दिल्ली, १२ माघ।भारतले विश्व प्रसिद्ध सर्च इन्जिन गुगलका सीइओ सुन्दर पिचाई र माइक्रोसफ्टका कार्यकारी अध्यक्ष तथा सीइओ सत्य नाडेलालाई पद्म भूषणले सम्मान गरेको छ । पद्म भूषण भारत रत्न र पद्म विभूषणपछिको भारतको तेस्रो ठूलो सम्मान हो ।

 

७३ औं गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई सो सम्मान दिइएको हो । व्यापार र उद्योग श्रेणी अन्तर्गत उनीहरुलाई सो सम्मान दिइएको हो । उनीहरु दुबै भारतीय मूलका अमेरिकी व्यवसायी हुन् । मद्रासमा १० जुन १९७२ मा जन्मिएका पिचाईले पश्चिम वंगालको औधोगिक सहर खड्पुरको इन्डियन इन्स्टिच्युटबाट स्नातकोत्तर गरेका हुन् ।

 

त्यस्तै,माइक्रोसफ्टका कार्यकारी अध्यक्ष तथा सीइओ नाडेलको जन्म सन् १९६७ को १९ अगस्टमा हैदराबादमा भएको थियो । सरकारले यस पटक ४ जनालाई पद्म विभूषण, १७ जनालाई पद्म भूषण र १०७ जनालाई पद्म श्री पुरस्कारबाट सम्मान गरेको छ ।