सुर्खेत, १२ माघ।कर्णाली प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनमा ९८.९५ प्रतिशत मत खसेको छ । राष्ट्रिय सभा सदस्य चयनका लागि भएको निर्वाचनमा कर्णाली प्रदेशबाट ९८.९५ प्रतिशत मत खसेको हो ।
कर्णालीमा रहेका एक सय ९१ मतदातामध्ये एक सय ८९ जनाले मतदान गरेका छन् भने दुई जना अनुस्थित भएका छन् । राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य एक जना र एक जना पालिकाका उपप्रमुख मतदानमा अनुपस्थित भएको प्रदेश निर्वाचन कार्यलयका सूचना अधिकारी निर्मला रेग्मीले बताइन् । ‘स्थानीय तहअन्तर्गत ९९.३५ प्रतिशत मत खसेको छ,’ उनले भनिन्, ‘प्रदेशसभा अन्तर्गत ९७.१४ प्रतिशत मत खसेको छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेशसभा सदस्य सोशिला शाहीले मतदान गरिनन् भने कालिकोट तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली दुई वर्षदेखि अमेरिका रहेका कारणले अनुस्थित रहेकी थिइन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ