इलाम, १३ माघ।मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकामा बिहीबार भएकाे जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट खस्दा दुई जनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा झापाको मेचीनगर नगरपालिका-४ का ५५ वर्षीय रमेश थापा र सोही स्थानका ४० वर्षीय सूर्यबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । रोङ गाउँपालिका- ४ पहिरोमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिएका छन् । दुर्घटनामा मेचीनगर नगरपालिका- ४ का ३३ वर्षीय चालक अर्जुन कोइराला घाइते भएका छन् । उनको झापास्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ