काठमाडौं, १५ माघ।विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३७ करोड नाघेको छ ।
कोरोना महामारीको तेस्रो चरणको लहर सुरु भएदेखि दैनिक सरदर ३० लाखभन्दा बढीका दरले नयाँ सङ्क्रमित थपिँदा कुल सङ्क्रमितको सङ्ख्या पनि तीव्र गतिमा बढ्दै गएको छ । झन्डै १ महिनादेखि विश्वभर दैनिक ३० लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि हुन थालेको छ । गत २४ घन्टामा मात्रै विश्वभर ३४ लाख ८ हजार १ सय १३ जनामा सङ्क्रमण पुष्टि भएको छ । जबकी हिजो विश्वभर ३६ लाख ८८ हजार ९ सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३७ करोड ३ लाख २ सय १५ पुगेको छ ।
यस्तै पछिल्लो एक सातादेखि विश्वभर कोरोनाका कारण मृत्यु हुनेदर पनि बढ्दै गएको छ । कोरोना महामारीको तेस्रो चरणको लहर सुरु हुँदा मृत्युदर ४ देखि ५ हजार रहेकोमा त्यो सङ्ख्या एक सातादेखि १० हजार पुगेको छ । गत २४ घन्टामा मात्रै विश्वभर १० हजार ३ सय २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५६ लाख ६८ हजार १५ पुगेको छ ।
यस्तै गत २४ घन्टामा विश्वभर २२ लाख ६७ हजार २ सय ३ जना कोरोना सङ्क्रमण पछि निको भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या २९ करोड २३ लाख ९९ हजार १ सय ७४ पुगेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ