काभ्रे। भूकम्पपछि दोलालघाटमा आन्तरिक र बाह्य पर्यटकहरुको आवात जावत कम हुँदै गएपछि स्थानीय युवाहरुले महोत्सवको आयोजना गरेका छन् ।
भुम्लु गाउँपालिका १० दोलालघाटमा शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटन गर्दै संचार राज्यमन्त्री गोकुल बास्कोटाले प्राकृतिक स्रोतहरुको मनलाग्दो दोहन रोक्न सरकार प्रतिबद्ध रहेको बताए ।
नागरिककोे रक्षा र भावी पुस्ताका लागि पनि मौलिकताले भरिएका प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्ने सरकारको दायित्व रहेको उनको तर्क थियो ।
अब खोला नालाका उत्खनका लागि हुने टेण्डर नयाँ आर्थिक बर्षबाट अन्त्य हुने छ । तीन तहको सरकार र जिल्ला समन्वय समिति कसैले पनि जथाभाबी टेण्डर आव्हान गर्ने छैनन । अहिले प्राकृतिक स्रोतको दोहन गरेर पैसा कमाए पनि भावी पुस्ताले यसकै कारण संकट व्यर्होनु पर्ने उनको भनाई थियो ।
काभ्रे र सिन्धुपाल्चोकको सिमानामा रहेको इन्द्रवती नदिमै स्काईभेटरको प्रयोग गरेर बालुवा तथा गिटी निकालिए पछि उक्त विषयलाई इंकित गदै उनले यो बताएका हुन ।
उक्त क्षेत्रमा भएको दोहनको स्थानीयले विरोध गर्दै आएका छन् । भूकम्पपीडितलाई केही सहज होस भनेर सरकारले बालुवा, गिटी निकाल्न दिएपनि त्यसको दुरुपयोग हुने गरेको मन्त्री बास्कोटाले स्विकार्दै यो वर्ष दोहनको अन्तिम वर्ष भएको दावी गरे ।
कार्यक्रममा सांसद गंगाबहादुर दोङले निर्वाचनको बेला खानी र पानी एकै स्थानमा हुन दिदैनौ भनेर बोलेको स्मरण गर्दै बोलीमा कटिबद्ध रहेको बताए ।
कार्यक्रममा पूर्व राज्यमन्त्री गोबिन्दनाथ उप्रेतीले नारा अनुसारका काम गर्न सरकारलाई आग्रह गरे ।
दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवको आयोजनामा चैत्र २३ देखि ९ दिन सम्म महोत्सव संचालन हुनेभएको हो ।
दोस्रो पटक गर्न लागिएको महोत्सव २०६७ सालमा सोहि स्थानमा आयोजना गरिएको थियो ।
क्लवका अध्यक्ष अष्टबहादुर श्रेष्ठका अनुसार महोत्सवमा उद्योग ब्यापारका स्टलहरुका साथै बाल उद्यान रमाईलो मेला, चमेना गृह, ¥याफटिङ्ग (वोटिङ्ग), स्वास्थ्य शिविर, धार्मिक स्थल अवलोकन (हेलिकप्टरबाट), स्थानीय झाँकी प्रर्दशन र कृषि प्रदर्शनी (स्टल) रहेको बताउनुभयो ।
२८ लाख ८५ हजार खर्च गरी ३० लाख रुपैया आम्दानी गर्ने योजना रहेको उक्त महोत्सवको मुख्य उदेश्य पर्यटन प्रवद्र्धनमा बृद्धि, कृषि, उद्योग÷ब्यापार प्रर्वद्धन, धार्मिक, सांस्कृतिक पहिचान पर्यटकीय स्थल घोषणा गर्ने रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ