एजेन्सी/नयाँ दिल्ली । भारतमा ७५ प्रतिशत वयस्कले कोभिडको पूर्ण खोप लगाएका छन् । ठूलो जनसंख्याले पूर्ण खोप लगाएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरुलाई बधाई दिएका छन् । ‘७५ प्रतिशत वयस्कले पूर्ण खोप लगाएका छन् । यो महत्वपूर्ण उपलब्धीका लागि हाम्रा नागरिकहरुलाई बधाई दिन चाहन्छु । हाम्रो खोप अभियानलाई सफल बनाउने सबै जनाप्रति गर्व महशुस गर्छु,’ प्रधानमन्त्री मोदीले ट्विट गरेका छन् ।
यसअघि केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मन्दाभियाले देशको ७५ प्रतिशत नागरिकले कोभिडविरुद्ध खोप लगाएको बताएकी थिइन् ।
यसैबीच, पछिल्लो २४ घन्टामा भारतमा २ लाख ३४ हजारमा कोभिड देखिएको छ । योसँगै भारतमा भारमा कोभिड संक्रमितको संख्या चार करोड १० लाख पुगेको छ । सो अवधिमा कोभिडबाट ८९३ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा भारतमा कोभिड संक्रमितको संख्यामा घट्ने र बढ्ने क्रम देखिन्छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ