काठमाडौं, १७ माघ।भारतमा ९० प्रतिशतले नागरिकले कोरोनाभाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् ।
सोमबार बजेट सत्रको अधिवेशन उद्घाटन गर्ने क्रममा दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गरेका राष्ट्रपति रामनाथ कोविन्दले खोप अभियान सुरु भएको एक वर्ष पुगेको र यसअवधिमा ९० प्रतिशत नागरिकले कोरोनाभाइरसविरुद्धको पहिलो डोज लगाएको जानकारी दिएका हुन् ।
उनका अनुसार पहिलो मात्रा लगाउने ९० प्रतिशत रहँदा दुवै डोज लगाउने ७० प्रतिशत रहेका छन् । जनवरी २०२१ बाट भारतमा खोप अभियान सुरु भएको थियो । यो एक वर्षमा पहिलो मात्रा लगाउने ९० प्रतिशत र दुवै डोज लगाउने ७० प्रतिशत रहेको राष्ट्रपति कोविन्दले बताए ।
उनका अनुसार भारतमा आठवटा खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको छ । भारतमा बनेका तीनवटा खोप आपतकालीन अवस्थामा प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले अनुमति दिएको उनले जानकारी दिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ