नवराज सापकोटा पनौती । महत्वपूर्ण सुरक्षा निकाय नेपाली सेनाको जनहितका कार्यको सवै तिरबाट प्रशंसा हुने गरेको छ । नेपाली सेनाको जिम्मामा सम्पन्न भएका विकास निर्माणका कार्य प्रति विश्वास पनि बढिनै देखिन्छ ।
पछिल्लो समय सेनाका जनहित सम्बन्धी कार्य जनस्तर सम्म पुग्न थालेका छन । सरकारको बजेट बिना नै रकमको व्यवस्थापन गरि विकास निर्माणको कार्य संचालन गरेको पनि पाइएको छ ।
पनौती नगरपालिका वडा नं १० पस्थली कार्की गाउँमा रहेको डोलेश्वर मन्दिर पनि नेपाली सेना कै अगुवाइमा जिर्णोद्धार भएको छ । परापूर्व कालमा सामान्य किसिमले निर्माण भएर संरक्षण नपाएको उक्त मन्दिरमा स्थानीयले दैनिक पूजा आजा गर्दै आएका थिए । शिला तथा शिबलिङ्गमा अन्य मन्दिरको भन्दा भिन्न विशेषता बोकेको पनौती वडा नं १० का वडा अध्यक्ष मोहन बहादुर भण्डारीले बताए ।
भूकम्प पछि मन्दिर जिर्ण बनेपछि उक्त मन्दिरको जिर्णोद्धार नेपाली सेनाले गरेको हो । नेपाली सेनाका उपरथी शेखर सिंह बस्नेत तथा स्थानीय कृष्ण बहादुर खत्रीको लगानीमा विष्णुदल गणको प्राविधिक सहयोगमा उक्त मन्दिर निर्माण भएको हो । मन्दिर निर्माण सम्पन्न भए पछि शनिवार क्षमापूजा गर्दै उपरथी बस्नेतले नेपाली सेना जनताको साथी भएको र सधै जनहितमा लागिरहने बताए ।
सानो जिर्ण मन्दिर रहेको उक्त स्थलमा डोलेस्वर लगायत विभिन्न देवदेवीको मुर्ति थप गरिएको छ भने सुन्दर मन्दिर निर्माण गरिएको छ । नेपाली सेनाकै सहयोगमा करिब ६ सय मिटर मोटरबाटो तथा १ सय मिटर सिमेन्टको सिँढी निर्माण गरिएको छ ।
मन्दिर निर्माणको लागि आवश्यक खर्च व्यवस्थापन बस्नेत र खत्रीले गरे पनि प्राविधिक सहयोग भने विष्णुदल गणले गरेको थियो । हामीले आवश्यक प्राविधिक उपलब्ध गरायौ । सबैको साथ र सहयोगमाा यो कार्य सफल भएको हो । यसमा स्थानीयको पनि उत्तिकै भुमिका छ । विष्णुदल गणका गणपती कर्णेल रामहरि के.सीले बताए ।
मन्दिर वरीपरीको स्थान फराकिलो पार्ने, बाटो निमार्ण लगायतका कार्य नेपाली सेनाले गरे पनि मन्दिर घेराबार तथा हाता भित्र ट्रष्ट बनाउने लगायतको कार्य वडा कार्यलयले गर्ने योजना बनाएको वडाअध्यक्ष भण्डारीले बताए ।
धार्मिक महत्वको स्थान भएर पनि आझेलमा छ । यसको विकासका लागि वडाकार्यालय गुरुयोजना बनाएरै अघि बढ्छ । यस क्षेत्रको प्रचार प्रसार गरेर यस क्षेत्रलाई प्रसिद्ध धार्मिक स्थालका रुपमा चिनाउने उनको भनाई थियो ।
अन्य भन्दा फरक शैलीको यहाँको शिवलिङ्ग छ । शिब लिङ्गको आकार नै डोलो छ । यो मन्दिरको विशेषता भनेको नै यही हो । २०४७ साल पछि नेपाली सेनाले जनस्तर सम्म सम्बन्ध विस्तार भएको इतिहास छ ।
यस्ता स्थानको संरक्षणमा नेपाली सेना सधै लागिरहने उपरथी बस्नेतको तर्क छ । मन्दिर निर्माणमा उनहरुले व्यक्तिगत रुपमा रकमको व्यवस्थापन गरेका थिए ।
पछिल्लो समय जिल्लामा जनता संग प्रत्यक्ष सम्र्पक हुने कार्यमा सेनाले सक्रियता बढाएको छ । शिक्षा, निर्माण, स्वास्थ्य, जस्ता जनहितको विषयमा सेनाले सक्रियता बढाएको हो । विष्णुदल गणका गणपति के.सीका अनुसार जिल्लाको विकट स्थान सम्म नेपाली सेनाले विकास कार्य संचालन गरेको छ ।
जस अनुसार काडा चटन फेला परी वर्षौ देखि अघि बढन नसकेको खोपासी च्याम्राङबेसी सडक नेपाली सेनाले जिल्लामै पहिलो पटक उपभोक्ता समिति संग सहकार्य गरी विस्फोटक पदार्थको प्रयोग गरेर सडक निर्माण सम्पन्न गरेको छ । जुन सडक निर्माण पछि अहिले च्याम्राङबेसी मात्र नभई मिल्चेको धाप्लेबाट पनौती सम्म बस सेवा संचालन भएको छ ।
फलामेटारमा स्थनीय समुदायका लागि विविध कार्यमा उपयोगी हुने सामुदायिक भवन निर्माण गरेको छ ।
त्यसै गरी महाभारत गाउँपालिका बुढाखानीको ग्रामोदय मा.विमा विद्यालय भन्दा ४ किलोमिटर टाढा देखि खानेपानी पाइपमार्फत ल्याई विद्यालयमा सुरक्षित खानेपानीको व्यवस्थापन गरिएको छ ।
खानेपानी अभावकै कारण विद्यालयको पठनपाठनमा अवरोध भएको अवस्थामा नेपाली सेनाको सहयोगले स्थानीय समुदायले लाभको प्राप्त गरेका छन् ।
धुलिखेल नगरपालिका वडा नं ८ र ९को विचमा रहेको ऐतिहासिक देवि मन्दिरमा जमरा घरको पुर्ननिर्माण गरिएको छ । ऐतिहासिक उक्त घर जिर्ण अवस्थामा पुगेको थियो । त्यसै गरी नेपाली सेनाले स्वास्थ्य अन्र्तगत पाँचखाल ६ होक्सेमा ६ कोठे सुविधा सम्पन्न वर्थिङसेन्टर निर्माण गरेको छ ।
पाल्टासेन्थ पिठ( साल नाल व्यवस्थापन स्थल ) सहितको उक्त भवन निर्माण पछि पाँचखाल बासीलाई सुत्केरी गराउनका लागि सहज भएको छ । कोसीपारी वितादेउराली तथा रोशी गाउँपालिकाको महादेवटारमा स्वास्थ्य शिविर संचालन गरेको थियो ।
महादेवटारमा संचालन भएको स्वास्थ्य शिविरमा एकै दिन ५ सय १ जनाले सेवा लिएका थिए । बनेपा ६ नैमिसारन्य गुरुकुल( गोसाइस्थान) मा २ शौचालय र १ स्नान कक्ष निर्माण गरेको छ । जुन सुविधायुक्त रहेका छन् ।
बनेपाको उग्रतिर्थमा हाल ८ कोठे किरियापुत्री घर निर्माण भइरहेको छ । आगामी वर्ष पनि जिल्लाका विकट क्षेत्रलाई लक्षित गरी जनसेवाका कार्य अगाडी बढाइने के.सीले जानकारी दिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ