बुटवल। कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नगरप्रमख शाहसहित कृष्णनगरका तीनजना वडा अध्यक्ष समेत कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं. ३ का कांग्रेस सांसद अभिषेक प्रताप शाहले पार्टीमा स्वागत गरेका छन् । उनी स्वतन्त्र उम्मेदवारका रूपमा नगर प्रमुखमा निर्वाचित भएका थिए ।
शाहसहित एक हजार जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ । नगरप्रमुख शाह सांसद शाहका नातेदार हुन् । अभिषेककै अग्रसरतामा रजत प्रताप कांग्रेस प्रवेश गरेको बुझिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ