मुगु, २३ माघ।हिमाली जिल्ला मुगुमा आइतबारबाट नियमित रूपमा हवाई उडान सुचारु भएको छ । शुक्रबार मध्यान्हदेखि परेको निरन्तर हिमपातले मौसममा आएको खरावीका कारण हवाई सेवा अवरुद्ध भएको थियो । मौसममा सुधार आए पश्चात् आइतबारबाट नियमित उडान सेवा सुचारु भएको हो ।
हिमपातपछि मुगुमा पहिलो पटक समिट एयरले उडान भरेको थियो । पुस महिनामा पनि हिमपातले हवाई उडान एक साता प्रभावित बनेको थियो ।तेस्रो पटकको हिमपातमा मौसममा सुधार आए लगत्तै मुगुमा हाल समिट, तारा, नेपाल एयरलाइन्सले नियमित हवाई उडान भरेका छन् ।दुई दिनसम्म रारा विमानस्थलमा हवाई जहाजले उडान नभर्दा यात्रु मर्कामा परेका थिए । शुक्रबारदेखि लगातार परेको बाक्लो हिमपातले सडक र हवाई यातायात अवरुद्ध बनेको थियो ।
अझै पनि कर्णाली राजमार्गको माग्न-गमगढी सडक सुचारुमा आउन सकेको छैन । सडक खुलाउन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।रारा विमानस्थलबाट मुगुदेखि नेपालगन्जसम्म जाने र नेपालगन्जदेखि मुगुसम्म हवाई जहाजले नियमित उडान भरेको कर्णाली टुर एण्ड ट्राल्भस मुगुका इन्चार्ज डिवी मल्लले बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ