बैशाख १३, सिन्धुपाल्चोक । भुकम्पपछि जिल्लामा आएको वल्र्ड भिजन नेपालले आफ्ना सम्पुर्ण परियोजना समाप्त भएको जानकारी दिएको छ ।
वर्ल्ड भिजनले सदरमुकाम चौतारामा आयोजना गरेको पत्रकार सम्मेलनमा २०७२ को भूकम्पपश्चात साझेदार संस्थाहरु मार्फत कार्यान्वयन गरिएका परियोजनाहरुको सफलतापुर्वक समापन गरेको जानकारी दिएको हो ।
वर्ल्ड भिजन नेपालका परियोजनाहरु चौतारा साँगाचोकगढी नगरपालिकाका ६ वडा, बलेफि गाउँपालिकाका ३ वडा र मेलम्ची नगरपालिकाका ३ वडामा संचालन गरिएको थियो ।
शिक्षा, स्वास्थ्य, बाल संरक्षण, जिविकोपार्जन, खानेपानी, आवास, सरसफाई तथा स्वच्छताका परियोजनाहरुबाट ७३ हजार २ सय ११ घरपरिवार लाभान्वित भएको वल्र्ड भिजनले जानकारी दिएको छ ।
लगभग ९६ करोड खर्च गरेको वर्ल्ड भिजनले जिल्लामा ३२ वटा खानेपानी आयोजना, ३ वटा विद्यालय भवन, ५ वटा महिला, किशोरकिशोरी,युवा र बालमैत्री स्थान निर्माण २५ सय ६० घरायसी शौचालय निर्माण÷पुर्ननिर्माण कार्य सम्पन्न भएको बताएको छ ।
भुकम्पबाट क्षति भएका घरहरुको पुर्ननिर्माणका लागि ३ सय ४ परिवारलाई पहिलो किस्ता, ९७ परिवारलाई दोस्रो किस्ता र ३९ परिवारलाई तेस्रो किस्ताको रकम वितरण भइसकेको जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ