काठमाडौं, २६ माघ।कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा मंगलबार बेलुकी मोटरसाईकल र बोलेरो जिप आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाईकल चालक पोखरा महानगरपालिका–५ प्रस्याङ धारापानीका २६ वर्षीय दिपक नेपाली रहेका छन् । उनको उपचारको क्रममा पोखरा स्थित मणिपाल अस्पतालमा मंगलबार राती पौने १० बजे मृत्यु भएको हो । गम्भीर घाइते भएका मोटरसाईकलमा पछाडि सवार गुल्मीका २२ वर्षीय सुनिल नेपालीको पोखरा स्थित फिस्टेल अस्पतालमा उपचार भईरहेको छ ।
ग १ ज ५०५६ नम्बरको जिपले नेपालीद्धय सवार ग ६ प ८८०२ नम्बरको मोटरसाईकललाई मंगलबार राती ९ बजे ठक्कर दिएको थियो । ठक्कर दिने जिप सहित चालक वडा प्रहरी कार्यालय बगरको नियन्त्रणमा रहेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ