काठमाडौं, २६ माघ।नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको हरिवनमा मधेश प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सुरु गरेको छ । १० दिने तालिममा मधेश प्रदेशका आठै जिल्लाका २० जनाले सहभागिता जनाएकाे प्रतिष्ठानका प्राज्ञ तथा कार्यक्रम संयोजक अशोक राईले बताए ।
चेतना सन्देश नेपालको स्थानीय व्यवस्थापनमा हरिवन–५ स्थित द्वन्द्व पीडित बालगृहमा प्रशिक्षण भइरहेको छ । प्रशिक्षणको सुभारम्भ प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती र बेची लुङ्गेलीले गरेका थिए । कार्यक्रममा चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामाले मधेशको पहिचान ढोलकसँगै मादलको संयोजन गरी प्रशिक्षण कार्यक्रममा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । साँस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापाले प्रत्येक विद्यालयमा संगीत शिक्षकको दरबन्दी राख्न सुझाव दिए । प्रशिक्षण २५ माघबाट ५ फागुनसम्म हुनेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ