बेथानचोक । बेथानचोक गाउँपापालिका भित्रका बालविकास केन्द्रका स.का तथा विद्यालयमा कार्यरत शिक्षिकाहरुका लागि ग्रामिण विकास संस्थाको आयोजनामा ३ दिने पुर्नताजगी तालिम शनिवारबाट ३ दिने तालिम शुरु भएको छ ।
तालिम कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले सामुदायिक विद्यालयका शिक्षकहरुले पहिलो प्राथमिकता विद्यालयलाई दिनु पर्ने बताए । शिक्षकहरु राजनीतिमा संलग्न भएको आरोप लाग्ने गरेको बताउँदै शिक्षकहरुलाई विद्यालय समयमा राजनीतिबाट टाढा रहन सुझाव दिए ।
उद्घाटन कार्यक्रममा ग्रामिण विकास संस्थाकाका कार्यकारी निर्देशक डि.एन तिमल्सिना , कृषि प्राविधिक पुरुषोतम आचार्य लगायतको उपस्थिति रहेको थियो । ए इआइ लग्जम्बर्ग र टिडिएच जर्मनको सहयोगमा संचालन भएको तालिमको सहजिकरण छवि चौलागाई र कर्ण बहादुर दरैले गरेका छन् । तालिममा बेथानचोक गाउँपालिकका १० ओटा विद्यालयका २० जना सहभागी रहेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ