एजेन्सी । रूसले युक्रेनमाथि आक्रमणको बहाना खोजिरहेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले रूसले युक्रेनमाथि आक्रमण गर्ने कारण खोजिरहेको र आउने केही समयमै आक्रमण गर्ने दाबी गरे । तर, उनले अहिले पनि यो युद्धलाई अन्त्य गर्ने राजनीति समाधानको बाटो बाँकी रहेको बताए । बुधवार मात्रै पनि अमेरिकाले युक्रेन सीमाबाट रूसले सीमा फिर्ता नगरेको र थप सेना तैनात गरेको दाबी गरेको थियो । स्याटेलाइटको माध्यमबाट युक्रेन–रूस सीमामा सेना र युद्ध सामग्री तैनात रहेको देखिएको बीबीसीले लेखेको छ । रूसले भने बारम्बार आफू आक्रमणको मनसायमा नरहेको बरु अमेरिका युद्धका लागि युक्रेनलाई उक्साइरहेको दाबी गर्दै आएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ