भोजपुर,नेपाली काॅग्रेसका नेता डा शेखर कोईरालाले बालकृष्ण ढुंगेललाई रिहाई गरेर सरकारले आफ्नो उदण्डता प्रस्तुत गरेको बताउॅनुभएको छ।
डा कोईरालाले ढुंगेलको रिहाईका बिषयमा न्यायपालिका निरिह देखिएको बताउॅनुहुदै यो घट्नाले मुलुक अत्यन्तै भयावह मोडमा प्रवेश गर्न लागेको संकेत गरेको बताउॅनुभयो।
नेपाल तरूण दल भोजपुरको प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्नुहुदै डा कोईरालाले मलुकमा दण्डहिनता संस्थागतरुप लिदै गएको र न्यायपालिका पनी स्वतन्त्र रहेनछ भन्ने प्रमाणित हुदै गएको बताउॅनुभयो।
कार्यक्रममा काॅग्रेस केन्द्रिय सदस्य गुरूराज घिमिरे र प्रदिप पौडेल, पुर्व केन्द्रिय सदस्य कुमारीलक्ष्मी राई, भोजपुर काॅग्रेसका सभापती नन्दमणी राई, पुर्वसभापती बालकृष्ण थापा,प्रदेश सभा सदस्य केदार कार्की, युवानेता उमेशजंग रायमाझी, तरुणदलका केन्द्रिय उपाध्यक्ष उत्तम चापागाॅई लगायतले आ-आफ्नो मन्तब्य राख्नुभएको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ