महोत्तरी, ९ फाल्गुन।सत्तारुढ दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् ।
एमसीसीको एजेण्डालाई संसद्मा टेबुल गराएर भित्र-भित्रै अनुमोदन गर्ने गम्भीर षडयन्त्र भएको भन्दै आज महोत्तरीको बर्दिबास सहरमा शान्तिपूर्ण प्रदर्शन गरिएको हो ।माउ पार्टीका शीर्ष नेताहरूले भातृ संगठन तथा जनतालाई झुक्याएर एमसीसी अनुमोदन गर्ने दिशातर्फ अघि बढिरहेको भन्दै प्रदर्शनकारीहरूले आफ्ना नेताहरूलाई खबरदारीसमेत गराएको छ ।
सर्वसाधारण, युवा तथा भातृ संगठनका कार्यकर्ताको बाक्लो उपस्थिति रहेको प्रदर्शनलाई आजबाट चरणवद्धरुपमा अगाडी बढाइने माओवादी केन्द्रका युवा नेता सौरभ खडकाले जानकारी दिए ।एमसीसी फिर्ता नभएसम्म महोत्तरीका हरेक देशभक्त नागरिकलाई संघर्षको अभियानमा सहभागी गराउने नेताको खडकाको भनाइ छ ।
प्रदर्शनमा एमसीसीको विषयमा मौन बसेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका स्थानीय नेतासमेत सहभागी भएका छन् । जन्ताको हित विपरीत नेताको स्वार्थको लागि एमसीसी अनुमोदन गर्नु घातक हुने बताउँदै नेकपा एमालेका स्थानीय नेता कुमार भण्डारीले चरणबद्ध आन्दोलनको स्वरूप परिवर्तन गर्दै लैजाने बताएका छन् ।
यसअघि पनि माओवादी केन्द्रको भातृ संगठन वाइसेलले एमसीसीको विरोधमा मसाल जुलुस निकालेको थियो । नेताहरूले सबैलाई भ्रममा पार्नेगरी भित्रभित्रै षड्यन्त्र गरिरहेको बिषयलाइई मध्यनजर गर्दै आन्दोलनको जरुरत भएको वाइसेल नगर कमिटीका इन्चार्ज बाबु चालाइगाईंले बताए । प्रदर्शनमा नेपाली कांग्रेस भने सहभागी थिएन ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ