सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ९ बैशाख २०८३ / Wednesday, 22 April 2026

पुटिनले सैन्य कारबाहीको घोषणासँगै दोनेस्सकमा ठूला बिस्फोटका आवाज

प्रकाशित समय: बिहिवार, ०९ : ३० बजे फाल्गुन १२ गते



पुटिनले सैन्य कारबाहीको घोषणासँगै दोनेस्सकमा ठूला बिस्फोटका आवाज

मस्को–पूर्वी युक्रेनको बिखन्डनकारीले नियन्त्रणमा रहेको दोनेत्सकमा बिस्फोटका ठूला आवाज सुनिएको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘सैन्य कारबाही’ घोषणा गरेको केही समयमा नै सो क्षेत्रमा बिस्फोटका आवाज सुनिएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले पूर्वी युक्रेनको युद्ध क्षेत्रमा खटिएका युक्रेनी सेनालाई हतियार बिसाएर आआफ्ना घर जान अनुरोध गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले आक्रमणले युरोपेली महाद्वीपमा ठूलो युद्धको सुरुवात हुन सक्ने बताएका छन् । वार्ताबाट समस्या समाधान गर्न आफूले गरेको आग्रहलाई राष्ट्रपति पुटिनले बेवास्ता गरेको जेलेन्स्किीले बताएका छन् ।