काठमाडौं, १३ फागुन।रुसी सेनाको आक्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले बताउनुभएको छ ।
आक्रमणमा परेर ज्यान गुमाउनेमा सैनिक र सर्वसाधरण रहेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । रुसी सेनाले चेर्नोबिलमा रहेको रेडियोधर्मी पदार्थ रहेको स्थानमा आक्रमण गरेपछि त्यहाँको आणविक भट्टीसमेत कब्जा गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । चोर्नेबिल कब्जा गरेसँगै रुसले युक्रेनमात्र नभएर पूरा युरोपविरुद्ध युद्धको घोषणा गरेको युक्रेनी राष्ट्रपति जोलेन्स्कीले आरोप लगाउनुभएको छ । उहाँले सन् १९८६ मा आणविक भट्टी विस्फोट हुँदा थुप्रै युक्रेनीले ज्यान गुमाउनुपरेको भन्दै त्यसलाई दोहोरिन नदिने दाबी पनि गर्नुभयो ।
बेलारुस र युक्रेनको सीमानजिकै रहेको चेर्नेबिल भट्टीमा अहिले पनि ठूलो परिमाणमा असुरक्षित रेडियोधर्मी पदार्थ भण्डारण गरिएको छ । उक्त प्लान्ट विस्फोट भए त्यसको असर पूरै युरोपमा पर्ने बताइएको छ । बढ्दो तनावका बीच युक्रेनको राजधानी किभबाट सर्वसाधारणहरू स्लोभाकिया र हंगेरीको सीमातर्फ लागेका खबरमा उल्लेख छ । सरकारले भर्खरै राजधानी किभमा कफ्र्युको घोषणासमेत गरेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ