एजेन्सी/किभ । युक्रेनमाथि रुसी सेनाले हमला गरेपछि पाँच लाखभन्दा बढी सर्वसाधारण मानिसहरुले युक्रेन छोडेका छन् । त्यस्तै रुसी हमलाकै कारण ४० ला मानिसहरु देश छोड्ने प्रयासमा रहेको युरोपेली युनियनले अनुमान गरेको छ । शरणार्थीसम्बन्धी नीतिलाई लचिलो बनाउदै इयूले आफ्ना सदस्य राष्ट्रहरुले युक्रेनी शरणार्थीहरुलाई खुला हातहरुले स्वागत गर्ने जनाएको छ ।
कुन कुन देशमा जाँदैछन् युक्रेनी शरणार्थी ?
युद्धका कारण विस्थापित बनेका युक्रेनी शरणार्थीहरु पश्चिमका विभिन्न देशहरु जस्तैः पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हन्गेरी मोल्डोभा पुगेका छन् । ५ लाखभन्दा बढी युक्रेनीहरु यी देशमा प्रवेश गरेको सोमबार राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार पोल्यान्डले अहिलेसम्म २ लाख ८० हजार शरणार्थी लिएको छ । दैनिक ५० हजार शरणार्थी पोल्यान्ड पुगेको त्यहाँको सरकारले जनाएको छ ।
पोल्याण्डले घाइते युक्रेनीहरूलाई ढुवानी गर्न मेडिकल ट्रेन पनि तयार गरिरहेको छ र उनीहरुको उपचारका लागि १ हजार २३० अस्पतालको सूची तयार पारेको छ ।
पछिल्ला वर्षमा १० लाख युक्रेनी पोल्यान्डमा बसोबास गरेका छन् । विशेषगरी सन् २०१४ मा रुसले युक्रेनको महत्वपूर्ण भाग क्रिमियालाई आफ्नो देशमा बिलय गराएपछि पोल्यान्ड पुग्ने युक्रेनीको संख्या बढेको हो ।
रुसी हमलापछि कुन अन्य देशमा पुग्ने युक्रेनी शरणार्थीः
हंगेरीः ७१ हजार १५८
रोमानियाः ४३ हजार १८४
मोलडोभाः ४१ हजार ५२५
स्लोभाकियाः १७ हजार ६४८
स्लोभाकियाले पनि दैनिक १० हजार युक्रेनी शरणार्थी लिइरहेको छ । शरणार्थीलाई छिमेकी मुलुकहरुमा प्रवेश गर्न आवश्यक कागजात देखाउनु नपर्ने भनिएको छ । तर, उनीहरुको आन्तरिक वा विदेश यात्राको राहदानी, नागरिकता जस्ता पहिचान वा देश खुलाउने कागजात हुनुपर्छ । शरणार्थीको स्थिति देखाउन उनीहरु युक्रेनी नागरिक वा युक्रेनमा कानुनी रुपमा बसेको हुनुपर्छ (विदेशी विद्यार्थी) ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ