लमजुङ, १७ फागुन।नेपाली कांग्रेस लमजुङको महासमिति सदस्य चयनकाे निर्वाचन प्रक्रिया स्थगित भएको छ । महासमिति सदस्य पदका लागि तय भएको निर्वाचन कार्यतालिका अनुसार शनिवार मतदान हुने भनिए पनि निर्वाचन प्रक्रियालाई स्थगित गरी सर्वसम्मतको पहल जारी राखिएको कांग्रेस लमजुङले जनाएको छ ।
कांग्रेसभित्र देखिएको आन्तरिक गुट तथा द्धन्दलाई न्यूनिकरण गर्न र आसन्न निर्वाचनलाई ध्यानमा राखी सर्वसम्मत महासमिति चयनको पहल भईरहेको कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङले बताए ।निर्वाचन कार्यतालिका अनुसार महासमिति सदस्य पदका लागि अघिल्लो शुक्रबार २१ जनाले उम्मेदारी मनोनयन गरेका थिए । उम्मेदारी मनोनयनअनुसार समावेशीअन्तर्गत दुई जना भने निर्विरोध भइसकेका छन् । कांग्रेसको विधानअनुसार जिल्ला अधिवेशनको क्रममा निर्वाचित महाधिवेशन प्रतिनिधिबाट खुला र समाबेशीतर्फ गरी ११ जना महासमिति सदस्य चयन हुने प्रावधान छ । विधानको प्रवाधानअनुसार जिल्लामा समावेशीतर्फ आदीबासी जनजाति महिला र दलित खुलामा एक एकजना निर्विरोध भएका हुन् । आदिबासी जनजाती महिलातर्फ उम्मेदारी दिएकी राधादेवी श्रेष्ठ र दलिततर्फ उम्मेदारी दिएकी टिकाकुमारी बस्याल निर्विरोध भएका हुन् ।
जिल्ला अधिवेशन सम्पन्न भएको करिब तीन महिनापछि महासमिति सदस्य चयनका निम्ती प्रक्रिया अघि बढेको हो । निर्वाचन समितिले ६ देखि १४ फागुनसम्म निर्वाचन कार्यतालिका तय गरेको थियो
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ