धनगढी, १९ फागुन।नेपाली कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमलाई पराजित गर्दै नारायणदत्त भट्ट विजयी भएका छन् ।
पहिलो चरणमा बम भन्दा ९७ मतले पछि परेका भट्टले दोश्रो चरणमा बमलाई २ सय ६३ मतले पराजित गर्दै सभापतमिा विजयी भएका हुन् । सभापतिमा विजयी भएका नारायाणदत्त भट्टले एक हजार ३५९ मत पाएका छन्, भने उनका प्रतिष्पर्धी प्रकाश बमले १ हजार ९६ मत पाएका हुन् ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि बिहीबार धनगढी स्थित कैलाली उद्योग वाणिज्य संघको सभाहलमा दोश्रो चरणको निर्वाचन भएको थियो । पहिलो चरणबाट बाहिरिएको कोइराला समुहले वमलाई समर्थन गर्ने घोषणा गरेको थियो । पहिलो चरणमा कोइराला पक्षले १ सय ९७ मत ल्याएको थियो । कोइराला पक्षले सहयोग गर्ने घोषणा गरेपनि बमको मत भने पहिलो चरण भन्दा दोश्रो चरणमा घटेको छ । प्रकाश वमले पहिलो चरणमा १ हजार १६९ मत ल्याउँदा दोश्रो चरणमा उनको मत घटेको छ ।
कांग्रेस कैलालीमा २ हजार ५ सय ७५ मतदाता रहेकोमा दोरुो चरणको मतदानमा २ हजार ४ सय ६७ मतदाता सहभागि भएका थिए ।सभापतिको टुङ्गो लागेसंगै आज राती देखिनै अन्य पदाधिकारीको मत गणना सुरु हुने कांग्रेस कैलालीका लागि निर्वाचन अधिकृत टेकनाराण सुवेदिले बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ