राँझा, २० फागुन।नेपाली कांग्रेस बाँकेमा नयाँ नेतृत्वका लागि आज पुनःमतदान भएको छ ।
बिहीबार सम्पन्न भएको मतदानमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको थियो । तीन जना उम्मेदवारमध्ये कसैले पनि कूल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आज पुनः दोस्रो चरणको मतदान भएको निर्वाचन अधिकृत उदयमणि आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार सभापति पदका लागि बिहान १० बजेदेखि मतदान सुरु भएको छ । कांग्रेसको १४औँ जिल्ला अधिवेशनमा कूल एक हजार ४९३ मतदाता छन् । बिहीबार सम्पन्न भएको मतदानअन्तर्गत उपसभापति, सचिव, सहसचिव, कार्यसमिति सदस्य र महासमिति सदस्य पदको मतपेटिकालाई जिल्ला समन्वय समितिमै प्रहरीको सुरक्षामा राखिएको छ ।रासस
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ