महोत्तरी, २३ फागुन।मिथिला माध्यमिकी परिक्रमा यात्रारत एकजना तीर्थालुको मृत्यु भएको छ ।
महोत्तरीको मट्टीहानीमा नुहाउने क्रममा एक्कासि बेहोस भएर स्थानीय अस्पतालमा उपचारका क्रममा प्रमिलादेवी साहकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।उनी भारतको बिहारको मधुबनी जिल्लास्थित बासोपाट्टीकी निवासी रहेकाे आफन्तले बताएका छन् । महिलाको शव जलेश्वरस्थित सान्ती कम्युनिटी अस्पतालमा राखिएको छ ।
आइतबार मात्र मिथिला परिक्रमा मट्टीहानी आइपुगेको थियो । आज पाँचौं दिन तीर्थालुहरूको ठूलो समूह मट्टीहानीबाट जलेश्वर प्रस्थान गरेको छ । आज जलेश्वरमा बास बसेर भोलि तीर्थालुहरु मडडइ जाने छन् । तीर्थालुहरूको व्यवस्थापनलाई ध्यान दिँदै आज जलेश्वरमा सार्वजनिक बिदासमेत दिइएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ