जेष्ठ ३०,सिन्धुपाल्चोक, चौतारा–साँगाचोकगढी नगरपालिका—२ बतासेस्थित कालिका मावि भवन निर्माणमा ढिलाई गर्ने रामेछापका एक ठेकेदारलाई आज पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा एम. के. शान्ति एण्ड जेभी कन्ष्ट्रकशनका ठेकेदार रामेछाप लिखु–तामाकोशी गाउँपालिका–७ का भीमप्रसाद गौतम रहेको र उनलाई आज दिउँसो १२ बजे पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी उपरिक्षक मोहनप्रसाद पोखरेलले बताउनु भयो ।
एशियाली विकास बैंकको सहयोग १७ करोड रुपियाँको लागतमा निर्माणाधिन यो विद्यालय आउँदो भदौ महिनासम्ममा सकाउनु पर्ने सम्झौता छ तर ठेकेदार कम्पनीले पानीको अभाव भन्दै मुस्किलले २० प्रतिशत मात्र काम भएको बताइएको छ ।
एशियाली विकास बैंककै सहयोगमा सिन्धुपाल्चोकको बतासेमा विभिन्न ३ वटा विद्यालय भवन निर्माणको काम भइरहेको छ ।
तीनवटै विद्यालय भवन निर्माणको काम यो ठेकेदार कम्पनीले लिएको र तीनवटै विद्यालय भवनमा ढिलासुस्ती र आलटाल गर्दै आइरहेको स्थानीयले बताएका छन् ।
ठेकेदार कम्पनी क क्लासको ठेकेदार भएको र यसका मुख्य ठेकेदार भने विदेशमा नै रहेको बताउँदै प्रहरीको नियन्त्रणमा पर्ने पौडेलले आफू सब कन्ट्रयाक्टर मात्र भएको बताएका छन ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ