जेष्ठ–३१,इन्द्रावती गाउँपालिकाको शिक्षा योजना निर्माणका लागि सरोकारवालाहरुको गोष्ठी आज मेलम्चीमा सम्पन्न भएको छ । हिजो देखि सन्चालन भएको गोष्ठीमा जनप्रतिनिधि, अबिभावक, बिद्यार्थी, बाल क्लब, शिक्षक, शिक्षासँग सम्बन्धित काम गर्ने सरकारी तथा गैरसरकारी संस्था लगायत शिक्षासँग सम्बन्धीत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
शिक्षाविद् कपिल श्रेष्ठले शिक्षा भनेको दर्पण भएकाले सबैको सहकार्य र समन्वय बिना शिक्षा राम्रो नहने भन्दै सहकार्य र समन्वय गर्न सम्पुर्णमा आग्रह गर्नुभयो । शिक्षा बिभागका उपनिर्देशक डा.बाबुराम ढुंगानाले आफ्नो काम प्रति ढुक्क भएर काम गर्न सम्पुर्ण शिक्षकहरुलाइ आग्रह गर्नुभयो । उहाँले शिक्षा अतिनै महत्वपुर्ण हुने भन्दै यसलाइ निति निमार्ण गरेर अगाडि बढ्नुपर्ने बताउनु भयो ।
इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङले मस्यौदा समिति बाट आएका कुराहरुलाइ छलफल गरि अगाडि बढ्ने भन्दै शिक्षा लाइ गुणस्तरिय बनाउन सम्पुर्ण लागि पर्नु पर्नेमा जोड दिदैं सल्लाह र सुझाबका लागि आग्रह गर्नुभयो । साथै भेलामा शिक्षा मस्यौदा तयार गर्न बाबुराम ढुंगानाको संयोजकत्वमा तीन सदस्य समिति निमार्ण गरिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ